भारतीय सेनाध्यक्ष नरवणे वसन्तपुर र पशुपति क्षेत्रमा

 कात्तिक १९, २०७७ बुधबार २०:२३:१ | रासस
unn.prixa.net

काठमाण्डाै  – भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको बुधबार अवलोकन गर्नुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उहाँ बुधबार नै नेपाल आइपुग्नुभएको हो । भारतीय सेनाध्यक्ष नरवणेका साथ उहाँकी पत्नी विना पनि भ्रमणमा हुनुहुन्छ ।

नरवणेले वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरलगायत पुरातात्विक महत्त्वका मन्दिर र संरचनाको अवलोकन गर्नुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

भारतीय सेनाध्यक्ष नरवणेले बुधबार साँझ पशुपति क्षेत्र गइ कोभिड–१९ का कारण वाग्मती नदी पारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गर्नुभयो ।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आउनुभएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया