साउदी सरकारले दियो १२ सय १७ नेपालीलाई बहिर्गमन भिसा

 कात्तिक २१, २०७७ शुक्रबार १३:३८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदी सरकारले १२ सय १७ जना नेपाली श्रमिकलाई स्वदेश फर्कने बहिर्गमन भिसा दिएको छ ।

साउदीमा रहेको नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले आवासीय अनुमति अकामा नबनाइएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहिने बहिर्गमन भिसा नपाएका नेपाली श्रमिकलाई बहिर्गमन भिसा दिएको हो ।

साउदीमा कार्यरत नेपालीलाई स्वदेश फर्कनका लागि अनिवार्य रुपमा बहिर्गमन भिसा आवश्यक पर्छ । सन् २०२१ को मार्च १४ देखि भने स्वदेश फर्कंदा श्रमिकले रोजगारदाताको अनुमति बिना नै स्वदेश फर्कन पाउनेछन् । अहिले बहिर्गमन भिसा नहुँदा स्वदेश फर्कन समस्या परेका श्रमिकले साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिन सक्छन् ।

तर दूतावासमा निवेदन दिँदा अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट बुझेर मात्र दूतावासमा पठाउन अनुरोध गरेको छ । अकामाको म्याद सकिएको र कम्पनीले एक्जिट नलगाइदिएको भएमा वा आफ्नो अकामाको म्याद रहँदै कम्पनीले हुरुब(भागेको) भनी जानकारी गराएको अवस्थामा मात्र पासपोर्ट र अकामाको फोटो खिची दूतावासमा बहिर्गमन भिसाका लागि निवेदन दिन आग्रह गरिएको छ । कुनै मुद्दा लागेको भएमा त्यो मुद्दा सल्टिएपछि मात्र बहिर्गमन भिसाका लागि निवेदन दिनुपर्छ ।

साउदी सरकारले बहिर्गमन भिसा दिएको दुई महिना अर्थात ६० दिनभित्र स्वदेश फर्कन पर्छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया