साउदीमा यस्तो अवस्थामा काम परिवर्तन गर्न सकिन्छ

 कात्तिक २१, २०७७ शुक्रबार १७:४४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदी सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै विदेशी श्रमिकले रोजगारदाताको अनुमति बिनै काम परिवर्तन गर्न सक्ने घोषणा गरेको छ ।

साउदी सरकारको यो घोषणा आउँदो वर्ष सन् २०२१ को मार्च १४ देखि लागू हुँदैछ । यो नियम कार्यान्वयनमा आएपछि नेपालीसहित विदेशी श्रमिकले साउदीमा काम परिवर्तन गर्न पाउने छन् । तर त्यसका लागि विभिन्न सर्तहरु भने राखिएको छ ।

यी अवस्थामा काम परिवर्तन गर्न पाइन्छ

आफूले काम गरिरहेको कम्पनीमा अवस्था सामान्य भएमा एक वर्षसम्म कम्पनीमा काम गर्नुपर्छ । सामान्य अवस्था हुँदाहुँदै एक वर्ष अघि नै काम परिवर्तन गर्न पाइँदैन ।

यो नयाँ नियमले विदेशी श्रमिकलाई काम गरिरहेको कम्पनीले प्रमाणीत रोजगार करार नदिएको अवस्थामा अर्को कम्पनीमा काम गर्न जान सक्ने भनेको छ । रोजगारदाताले श्रमिक काममा लगाएको तीन महिनाभित्र उनीहरुको रोजगार करारपत्र प्रमाणीकरण गरिसकेको हुनुपर्छ ।

श्रमिकले तीन महिनासम्म लगातार काम गरेको तलब नपाएमा, रोजगारदाताको उपस्थिति नभएमा, रोजगारदता जेल परेमा, मृत्यु भएमा वा रोजगारदाताले साउदीको आवासीय परिचयपत्र अकामा नबनाइदिएमा वा नवीकरण नगरिदिएमा कम्पनी परिवर्तन गर्न पाइनेछ ।

र श्रमिक यदि मानवतस्करीमा परेको छ भने पनि कम्पनी परिवर्तन गर्न सकिनेछ । तर यदि श्रमिक र रोजगारदाताबीच कुनै विवाद भएर कानुनी प्रक्रिया अघि बढाइएको छ भने त्यस्ता श्रमिकले काम परिवर्तन गर्दा समस्या आउन सक्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया