गैरकानुनी रुपमा परदेशमा काम गरिरहेका महिलालाई घर फर्काउन आमकास नेपालको सहयोग

 कात्तिक २४, २०७७ सोमबार ११:४१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईं घरेलु श्रमिकका रुपमा परदेशमा कार्यरत हुनुहुन्छ ? घर फर्कन चाहानुहुन्छ, तर कागजात छैन ? अवैधानिक बाटो हुँदै गएकाले समस्यामा पर्दा पनि घर फर्कन टिकटको जोहो गर्न सक्नुभएको छैन ? यदि यस्तो हो भने आमकास नेपालमा सम्पर्क गर्न सक्नुहुन्छ ।

आमकास नेपालले विदेशमा कागजात बिहीन भएर काम गरिरहेका र घर फर्कन टिकट काट्ने रकम नहुँदा समस्यामा परेका महिला श्रमिकलाई स्वदेश फिर्तीका लागि टिकटसँगै काठमाण्डौमा पनि आवासको व्यवस्था गरेको छ ।

महामारीको समयमा फर्कने नेपाली श्रमिकलाई पनि आवासको व्यवस्था तथा आवश्यक परामर्श र बिरामी वा अन्य समस्या भएका अस्पतालसम्म लगेर उपचारमा पनि सहयोग गरिरहेको आमकास नेपालकी अध्यक्ष विजया राई श्रेष्ठले जानकारी दिनुभयो ।

यो समयमा विभिन्न समस्यामा परेर फर्किएका महिलालाई मनोपरामर्शदेखि कानुनी सहयोग पनि प्रदान गरिरहेको आमकास नेपालले जनाएको छ । गैरकानुनी महिला श्रमिकलाई स्वदेश फिर्तीका लागि आउँदो डिसेम्बर १५ सम्म टिकटको व्यवस्था गरिदिनेछ । आमकास नेपालमा ९८४१४०४३३७ वा ०१४३७३९६३ मा सम्पर्क गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया