कैलालीको सीमावर्ती क्षेत्रका ७ ठाउँमा बीओपी थपिँदै

 मंसिर ४, २०७७ बिहिबार १४:३४:३१ | सीताराम ओझा
unn.prixa.net

कैलाली - भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा पोष्ट बीओपी थपिने भएको छ ।

पाँच किलोमिटरको दूरीमा एउटा बीओपी राख्ने गरी काम भइरहेको सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि रोक्न र सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा बीओपी स्थापनाको पहल भएको हो ।

उहाँका अनुसार भारतसँग जोडिएको धनगढीको पुण्टे घाट र ललितपुर, कैलारी गाउँपालिकाको लठ्ठा घाट, भजनी नगरपालिकाको हलौना घाट, कालापातल र पगियापसर र टीकापुर क्षेत्रको कालाकुण्डमा थप बीओपी स्थापना गर्न लागिएको छ । कैलालीको सीमा क्षेत्रमा अहिले १० देखि १२ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बीओपी रहेको छ ।

कैलालीको  एक सय एक किलोमिटर लामो सीमा भारतसँग जोडिएको छ । भारततर्फ भने पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बलको पोष्ट सञ्चालनमा रहेको छ । सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा झण्डै ५ सय बीओपी स्थापना गर्ने लक्ष्य राखेको छ ।

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया