अक्सफाेर्ड विश्वविद्यालयले बनाएकाे काेराेनाविरुद्धकाे खाेप '७० प्रतिशत सुरक्षित'

 मंसिर ८, २०७७ सोमबार १६:२४:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतको अक्फोर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धकाे खोप ७० प्रतिशत सुरक्षित (प्रभावकारी) देखिएको छ । खोपको ठूलो परीक्षणको क्रममा ७० प्रतिशत मानिसमा कोभिड–१९ को लक्षण बन्न नदिने बीबीसीमा उल्लेख छ । 

यसलाई ठूलो उपलब्धिको रुपमा हेरिएको छ, यद्यपि यसअघि फाइजर र मोडेर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोप ९५ प्रतिशतसम्म प्रभावकारी देखिसकिएको छ । 

तर अक्सफोर्डले विकसित गरेको खोप ती दुई कम्पनीको खोप भन्दा धेरै सस्तो हुने, भण्डारणमा सहज र विश्वभर जहाँ पनि सजिलै लान सकिने देखिएको छ । 

नियामक संस्थाबाट यो खोपले प्रयोग गर्न अनुमति पाएमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । 

बेलायत सरकारले अक्सफोर्ड कम्पनीले बनाएको खोपको १० करोड खेप (मात्रा) लिने बताइसकेको छ । यति परिमाणको खोप पाँच करोड मानिसका लागि पर्याप्त हुन्छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले भनेका छन्, ‘अक्सफोर्डको खोपले परीक्षणमा सकारात्मक नतिजा देखाउनु निकै उत्साहजनक समाचार हो ।’

समान्यतया खोप विकास गर्न एक दशक लामो प्रक्रिया लाग्छ तर अक्सफोर्डका वैज्ञानिकहरुले १० महिनामा त्यो प्रक्रिया सम्पन्न गरेका थिए । 

‘यो घोषणाले हामीलाई खोपको प्रयोग गरेर कोरोना भाइरसले निम्त्याएको परिस्थिति अन्त्य गर्न अर्काे पाइला अघि धकेलिदिएको छ’, खोप निर्माणकी योजनाकार प्रा. सारा गिल्बर्टले भनेकी छिन् । 

यो खोप परीक्षणमा २० हजार स्वयंसेवक सहभागी भएकोमा आधाभन्दा बढी बेलायतमा र बाँकी ब्राजिलमा थिए ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया