कोशी नदीको बहावले खतराको संकेत नाघ्याे, सतर्क रहन आग्रह

पश्चिममा आज पनि भारी वर्षा

 साउन २९, २०७५ मंगलबार ८:४१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  निरन्तर परेको पानीसँगै कोशी नदीको बहावले खतराको संकेत नाघेको छ । पूर्वका पहाडी जिल्लामा दुईदिनदेखि  भारी वर्षा भएसँगै कोशीको बहावले खतराको संकेत पार गरेको हो । 

निन्तरको वर्षाले साना खोलाबाट बाढी आउने क्रम नरोकिएकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणसँग अनुरोध गरेको छ । 

कोशीअन्र्तगत बग्ने सिम्लेमा पानीको सतह ९ दशमलव ७३ मिटर पुगको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । कोशीमा १० दशमलव ५ मिटरलाई सतर्कता तह मानिएको छ । 

प्रदेश १ र २ को चुरे क्षेत्रबाट बग्ने लालबकैया, रातु, खाँडो, गागन, सुनसरी, बढी, विरिङ, मेचीलगायत साना नदीमा पनि पानीको बहाव उच्च जोखिम रहेको विभागले जानकारी दिएको छ । 

देशैभर मंगलबार भारी वर्षा हुने भएकाले बाढीको सम्भावना बढी भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा मंगलबार भारी वर्षाको सम्भावना रहेको छ ।  

जल तथा मौसम विज्ञान विभागले बाढीबारे उच्च सतर्कता अपनाउन एसएमएस र सामाजिक सञ्जालबाट अनुरोध गरेको छ । विभागले खोलाआसपासमा मनसुन भर एसएमएसबाट अग्रिम सूचना प्रवाह गर्दे आएको छ ।

 

याे पनि पढ्नुहाेस्/हेर्नुहाेस्

हेर्ने कथा ११ - सिमानाको कथा​

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया