विदेशमा मात्रै झण्डै ४९ हजार नेपालीमा कोरोना सङ्क्रमण, ३०१ को ज्यान गयो

 मंसिर २२, २०७७ सोमबार १०:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशका विभिन्न ४९ देशमा कार्यरत ४८ हजार ६ सय ३९ जना नेपाली कोरोना सङ्क्रमित भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएकोे तथ्याँक अनुसार अहिलेसम्म सङ्क्रमित ४८ हजार ६ सय ३९ जना मध्ये ४४ हजार ६ सय ७१ जना निको भएका छन् । यो जम्मा सङ्क्रमितको ९१ प्रतिशत हो ।

यस्तै अहिलेसम्म विदेशका विभिन्न २० देशमा रहेका ३ सय १ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गएको हप्ता मात्रै थप २ जना नेपालीको कोरोनाको कारण विदेशमा ज्यान गएको हो । 

जर्मनीमा १ र भारतमा थप १ जना नेपालीको  नेपालीको कोरोना भाइरसका कारण गएको साता ज्यान गएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको पहिलो घट्ना भएको स्वास्थ्य समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, यूएई, पोर्चुगल र भारतमा  रहेका थप नेपालीहरुमा कोरोना देखिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया