खिम्ती दुई जलविद्युत आयोजनाको सुरुङ निमार्णको काम अन्तिम चरणमा
पुस २७, २०८१ शनिबार
रसुवा - लाङ्टाङ चीज उत्पाद केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुँदा अलपत्र परेको छ ।
लाङ्टाङ पर्यटकीय क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि चौँरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको हो । बिक्री पनि नहुने र भण्डारणमा लामो समयसम्म राख्दा तौल घट्न गइ नोक्सानी व्यहोर्नुपर्ने भएको केन्द्रले जनाएको छ ।
गएको जेठ मसान्तबाट भदौ १५ गतेसम्म उत्पादन भएका पाँच लाख १२ हजारको चीज तथा एक लाख आठ हजार रुपैयाँ बराबरको मख्खन अलपत्र परेको चीजकेन्द्रका प्रमुख ग्याल्पो तामाङले बताउनुभयो । नेपालको जेठो चीज कारखाना लाङ्टाङले उत्पादन गरेका चीज यसअघि पर्यटकबाटै खपत भइरहेको थियो । तर कोभिड–१९ को सङ्क्रमण सुरू भए लगत्तै विदेशी पाहुनाको चहलपहल घटेपछि चीज तथा मख्खन बिक्रीमा समस्या आएको केन्द्रले जनाएको छ ।
चार सय चौरी गाईबाट उत्पादन हुने दूध आपूर्ति गर्ने किसानको सङ्ख्या २१ रहेको र चीज तथा मख्खन बिक्रीमा समस्या आएपछि गएको असोज १५ बाटै उत्पादन बन्द गरिएको प्रमुख तामाङले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।