खिम्ती दुई जलविद्युत आयोजनाको सुरुङ निमार्णको काम अन्तिम चरणमा
पुस २७, २०८१ शनिबार
सिन्धुली – कमलामाई नगरपालिका १३ रुचानीकी छत्रमाया मगर उमेरले १०० पार गरी सक्नुभयो तर पनि उहाँसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उहाँ बञ्चित हुनुहुन्छ ।
'यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ, मलाई राज्यले हेरेन', उहाँले भन्नुभयो, 'वृद्धभत्ता मात्र लिन पाए पनि बनिबुतो गरेर मलाई पाल्ने नातिलाई सहज हुने थियो ।' श्रीमानकाे पनि निधन भएपछि पछिल्लो पाँच वर्षदेखि एक्लो बन्नुभएकी छत्रमायालाई नातामा नाति पर्ने पदमबहादुर रानामगरले बनिबुतो गरेर संरक्षण गर्दै आउनुभएको छ । 'आर्थिक अवस्था कमजोर भए पनि ज्याला मजदुरी गरेर उनीहरूले सकेको सहयोग गर्दै आएका छन् । सरकारले बुढेसकाल लागेपछि हेर्छ, पालनपोषण गर्छ भन्ने सुनेको थिएँ तर मलाई वास्ता गरेनन्', उहाँले भन्नुभयो, 'नागरिकता बनाइदिए हुने थियो, मर्ने बेला भयो तर नागरिकता कस्तो हुन्छ थाहा छैन ।'
माइती पक्षका कोही पनि नहुँदा नागरिकता लिनबाट बञ्चित छत्रमाया यतिबेला राज्यले प्रदान गर्ने सेवा सुविधाबाट पनि बञ्चित हुँदै आउनुभएको स्थानीय एकराज पहाडीले बताउनुभयो । 'सकेको पालनपोषण गरेको देखिन्छ । नागरिकता भए पाल्ने र पालिने दुवैलाई केही राहत मिल्ने थियो', उहाँले भन्नुभयो । साविक हतपते गाउँ विकास समितिमा माइती रहेको र आफन्त नरहेको वृद्धाले बताउँदै आएको उहाँले जानकारी दिनुभयो ।
कमलामाई नगर प्रमुख खड्गबहादुर खत्रीले आफूले दशैँमा १०० वर्ष पार गरेको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा उहाँले नागरिकता नपाएको थाहा पाएको बताउनुभयो । उहाँलाई नागरिकता दिलाउन कमलामाईले प्रमुख जिल्ला अधिकारीसँग पहल गर्ने बताउनुभयो । यदि नागरिकता दिलाउन नसके पनि कमलामाईले संरक्षण गर्नुपर्ने ज्येष्ठ नागरिकका लागि संरक्षण गर्न नगरपालिकाले आवश्यक योजना बनाउने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले नागरिकतामा भर्नुपर्ने विवरणका आवश्यक प्रमाण पुगेमा उहाँले नागरिकता प्राप्त गर्न सक्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।