आउन थाले पर्यटक, बढ्याे चहलपहल

 पुष ८, २०७७ बुधबार ११:३०:५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको हनुमानढोका खुला भएसँगै आन्तरिक र बाह्य पर्यटक आउन थालेका हुन् ।

यहाँ अहिले दैनिक एक सय पर्यटक आउने गरेका छन् । आन्तरिकको तुलनामा बाह्य पर्यटक कम छन् । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार हरेक दिन आगन्तुकहरु आउने क्रम बढेको छ । गतएकाे मङ्सिर ३ गतेबाट पुनः सञ्चालनमा आएको वसन्तपुर क्षेत्रमा विद्यालय सञ्चालनमा नआएकाले आन्तरिक पर्यटक पनि अपेक्षाअनुरुप आएका छैनन् ।

यहाँ अवलोककर्ताको प्रवेश शुल्कबाट नै वार्षिक करिब रु १२ करोडसम्म असुल हुने गरेको थियो । प्रवेशका लागि विदेशीलाई रु एक हजार र नेपालीका लागि भने रु ३० निर्धारण गरिएको छ । राणाकालीन र मल्लकालीन वस्तुकला नै मुख्य आकषर्णको केन्द्र बनेको वसन्तपुर क्षेत्रमा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको ऐतिहासिक सम्पदाको पुनःनिर्माणको काम पनि भइरहेको छ ।

अड्डाले गद्दी बैठक पनि अवलोकनकर्ताका लागि खुला गर्ने तयारीे रहेको बताएको छ । भूकम्पकै कारण भत्किएको गद्दी बैठकको पुनःनिर्माण काम सम्पन्न भइसकेको छ । वसन्तपुरको प्रमुख सम्पदाको रूपमा रहेको काष्ठमाण्डप पनि आगामी वैशाखमा पुनःनिर्माण सम्पन्न हुने गरी निर्माणको काम अघि बढिरहेको छ । कोरोनाकै कारण केही समय पुनःनिर्माणको काममा बाधा आए पनि पछिल्लो समय तीव्ररूपमा काम भइरहेको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया