भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – पूर्वराष्ट्रपति डा रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताउनुभएको छ ।
विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आज काठमाण्डाैमा आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सबैले आआफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उहाँको भनाइ थियो ।
“अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उहाँले आआफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्नुभयो ।
“सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ”, डा यादवले भन्नुभयो । बिपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उहाँको भनाइ थियो ।
अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उहाँले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गर्नुभयो । “अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ”, डा यादवले भन्नुभयो, “अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ । ” स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उहाँले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताउनुभयो ।
यस अवसरमा पूर्वराष्ट्रपति डा यादवले ‘मानवाधिकार तथा लोकतन्त्र पुरस्कार’ प्रजातन्त्र सेनानी शिव कङ्गाल, ‘जुजुभाइ नानीमैजु पुरस्कार’ इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयित्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्दै पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय समाचार समिति (रासस)का पूर्वमहाप्रबन्धक निर्मला आचार्य र ‘हाम्राकुरा डटकम’का प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सम्मान गर्नुभयाे ।
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार र सम्मान यस वर्ष कोरोना भाइरसको महामारीका कारण प्रदान गर्न ढिला भएको ट्रष्टले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।