जुम्लाकाे पातारासी गाउँपालिका विद्युतमा आत्मनिर्भर, जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारी

 पुष १९, २०७७ आइतबार १६:५३:१९ | रासस
unn.prixa.net

जुम्ला – पातारासी गाउँपालिकामा १५ वटा लघुजलविद्युत् आयोजना निर्माण भएपछि जुम्ला विद्युतमा आत्मनिर्भर बनेको छ । स्थानीय सरकार आएपछि १५ देखि १०० किलोवाटसम्मका ती आयोजना निर्माण भएको गाउँपालिकाले जनाएको छ । 

वर्षाैँदेखि अन्धकारमा बस्न बाध्य स्थानीयले ती आयोजनाको निर्माणपछि विद्युत् सुविधा प्राप्त भएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो । उहाँका अनुसार पातारासीमा ५८ किलोवाटको विउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम विद्युत् आयोजना, २५ किलोवाटको तल्फी जलविद्युत् आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत् आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत् आयोजना, रिनीमा नौ किलोवाट, पटमारामा १२ किलोवाट, तलि लोर्पामा पाँच किलोवाट, लाम्रीमा नौ किलोवाट र महरीमा छ किलोवाटको लघुजलविद्युतकाे निर्माण सम्पन्न भएको छ ।

जुम्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । पन्ध्र आयोजनामध्ये ११ वटाबाट साढे दुई सय किलोवाट विद्युत् उत्पादन भइरहेको छ । घरघरमा बत्ती पुगेसँगै टुकीकै भरमा दिन गुजारिरहेका पातारासीका १७ हजार बढी नागरिकले विद्युत् सुविधा प्राप्त गरेका छन् ।

अहिले विद्युतकाे पहुँच पुगेपछि झरो बाल्ने बाध्यता पनि हटेको छ भने बालबालिकाले सहजरूपमा पढ्न पनि पाएका छन् । विद्युतीकरणपछि फर्निचर उद्योग तथा साना जडीबुटी उद्योग पनि सञ्चालन भएका छन् । 

विद्युत् क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर पालिकाले साढे तीन वर्षमै घरघरमा विद्युतीय पहुँच विस्तार गर्न सफल भएको गाउँपालिका अध्यक्ष बोहोराले बताउनुभयो । साढे तीन वर्षमा पालिकाका २७ बस्तीका तीन हजार चार सय घरधुरीलाई विद्युतकाे पहुँचमा पुर्‍याउन सफल भएको पातारासी गाउँपालिकाले जनाएको छ । 

विद्युत् गृहका कर्मचारीको तलब र मेसिन मर्मत खर्च सबै पालिकाले नै बेहाेर्ने गरी यहाँका तीन हजार चार सय घरधुरीलाई नै निःशुल्क बत्ती दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महतराले बताउनुभयो । एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना निर्माणका लागि गाउँपालिकाले दुई करोड रुपैयाँ शेयर लगानीसमेत गरेको छ ।  

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया