चितवनमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटियो

 पुष २३, २०७७ बिहीबार १०:३२:३७ | रासस
unn.prixa.net

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालकाअनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । 

दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उहाँले जानकारी दिनुभयो । खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो । अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको उहाँले बताउनुभयो । 

गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन् । मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन् । निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चार वटा गैैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन्। यससँगै निकुञ्ज सुरक्षामा निकैै कडाइ गरिएको छ ।

पन्ध्र वर्षभन्दा बढी समयदेखि फरार दुई अभियुक्त हालै पक्राउ परेका छन् । दुर्लभ एकसिङ्गे गैँडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ ।
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया