काठमाण्डौ-पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

 माघ ६, २०७७ मंगलबार ११:३१:२४ | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन भएको छ ।

देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ रात्रिकालीन पर्यटक बससेवा सुरु गरेको हो । काठमाण्डौको बौद्धबाट बेलुका साढे ६ बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने साढे सात बजेमात्र काठमाण्डौको लागि छुट्नेछ ।

प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले १२ करोड लगानीमा १६ वटा बस खरिद गरी सञ्चालन गरेको बताउनुभयो । मुख्य–मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गरेको उहाँको भनाइ छ । प्रालिले यसअघि नै काठमाण्डौ–जनकपुर, काठमाण्डौ–सुनौली र काठमाण्डौ–लुम्बिनी रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन गरिसकेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनीले बताउनुभयो ।

रात्रिकालीन बसको टिकट देशदर्शन बससेवा प्रालिको वेबसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र ई सेवामार्फत प्राप्त गर्न सकिने उहाँको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगन गरिएको थियो ।

अहिले काठमाण्डौबाट मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले दिवा तथा रात्रिकालीन बससेवा प्रदान गर्दै आइरहेका छन् । अहिले काठमाण्डौको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया