नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
चितवन – भरतपुर अस्पतालमा मङ्गलबार (आज) देखि आँखा रोगको उपचार सेवा सुरु भएको छ । अस्पतालमा आँखा रोग विभागको सुरुवातसँगै आँखा रोगको उपचार सेवा सुरु गरिएको हो ।
अन्य रोगको उपचार हुने गरे पनि आँखाको उपचारका लागि बिरामी अन्त जानुपर्ने बाध्यता रहेकोमा अब त्याे समस्या हटेको अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताउनुभयो ।
यसअघि मधुमेह, उच्च रक्तचापलगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता थियो । अहिले सामान्य उपचार सेवा र बिस्तारै शल्यक्रियासहितको विशिष्ट सेवा पनि सुरु गर्ने डाक्टर अधिकारीले बताउनुभयो । अस्पतालको आँखा रोग विभागमा दुई जना विशेषज्ञ डाक्टरसहित प्राविधिक समूह रहेको छ ।
भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।