नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । ६५ करोड रुपैयाँ बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड एक लाख रुपैयाँ बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
सरकार र उखु किसानबीच गएकाे पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् ।
उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको ६५ करोड ३१ लाख रुपैयाँ बक्यौता रकममध्ये हालसम्म ५७ करोड ३० लाख रुपैयाँ रकम भुक्तानी भइसकेको उद्योग सचिव डा वैैकुष्ठ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ३५ करोड रुपैयाँ बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ ।
मन्त्रालयको तथ्याङ्कअनुसार १७ करोड रुपैयाँ बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले दश करोड ८८ लाख रुपैयाँ बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ । मिललको बैंक खातामा रु एक करोेड ७६ लाख जम्मा भए पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन् । किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम १२ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरे पनि अझै उक्त मिलले चार करोड ३६ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी बाँकी रहेको छ ।
यसैगरी चार करोड ७० लाख रुपैयाँ बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा एक करोड ५० लाख रुपैयाँ जम्मा भएको देखिए पनि भुक्तानी शुरु गरेको छैन । लुम्बिनी सुगर मिलले आठ करोड ४१ लाख रुपैयाँ बक्यौता रकम मध्येमा हालसम्म पाँच करोड १६ लाख रुपैयाँ बक्यौता रकम किसानलाई भुक्तानी गरिसकेको छ । उक्त मिलको खातामा रहेको तीन करोड रुपैयाँ रकम रोक्का राखिएको छ ।
अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकै व्यक्ति रहेका छन् । यसअघि नै उक्त उद्योगले जग्गा बेचेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने जानकारी दिइसकेको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।