नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - सडकमा रहेका असहाय, अशक्त, बेसहारा तथा मनोरोगीको उद्धार गरी पालनपोषण तथा उपचारपछि परिवारमा पुनः मिलन गराउँदै आएको मानवसेवा आश्रमले सञ्चालन गरेको एक महिनाले ‘मेचीमहाकाली सडक यात्रा’का क्रममा ६०० जनाको उद्धार गरिएकाे छ ।
पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्मका सडकबाट यसरी झण्डै ६०० असहायको उद्धार गरी संरक्षण दिइएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट घोषणा भएर ८ गतेदेखि सुरु भएको उद्धार अभियानको ३० औँ दिनमा काठमाण्डौ आइपुगेको मेचीमहाकाली सडक यात्री टोलीको स्वागत समारोहमा अध्यक्ष अधिकारीले नेपाललाई बेसहारा सडक मानवमुक्त बनाउने अभियानको आधार तयार भएको जानकारी दिनुभयो ।
टोलीलाई प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले स्वागत गर्दै एक महिने अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको प्रतिक्रिया दिनुभयो । आश्रमकाअनुसार अब केही दिन उपत्यकाको तीन जिल्लासहित धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लामा उद्धार अभियान थालिने बताउनुभएको छ ।
उद्धार अभियानका क्रममा पूर्वको झापा जिल्लासहित विराटनगर र वीरगञ्ज महानगरपालिकालाई बेसहारा सडकमानवमुक्त घोषणा गरिएको जनाइएको छ । नेपाल सरकारले विसं २०७८ भित्र बेसहारा सडक मानवमुक्त देश बनाउने उद्घोष गरिसकेको छ ।
सरकारले खान नपाएर कोही पनि सडकमा भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने यसअघि नै घोषणा गरिसकेको छ । टोलीले झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, बाग्लुङ, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सडक यात्रा सञ्चलन गरेको थियो ।
विसं २०६९ भदौ १३ गते हेटौँडाबाट उद्धार अभियान सुरु गरेको आश्रमले अहिले सात प्रदेशका १५ जिल्लाका २२ शाखामार्फत मानवीय सेवा गर्दै आएको छ । जहाँ अहिले एक हजार ८०० आश्रित छन् । यसअघि एक हजार ५०० भन्दा बढीलाई उद्धार गरी परिवारमा पुनः मिलन गराइसकिएको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।