वाग्मती सफाइ महाअभियान : १० मेट्रिकटन फोहर व्यवस्थापन

 माघ १०, २०७७ शनिबार १३:२८:५९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् ।

वाग्मती सफाइ महाअभियानको ४०२ औँ हप्तामा आज मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । बिहान दुई घण्टा भएको सफाइमा करिब १०० जना अभियानकर्मीको सक्रियता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिनुभयो । सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाले व्यवस्थापन गर्न गाडीमा राखेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ ।

सफाइमा आलोकनगरका अभियानकर्मीको पनि सक्रियता थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, आलोकनगर, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा प्रत्येक हप्ताका शनिबार सफाइ गरिँदै आएको छ ।

वाग्मती सफाइ महाअभियानले ४०२ हप्ता पार गरे पनि वाग्मती आशातीत सफा हुन सकेको छैन । अझै पनि वाग्मतीको मुहान क्षेत्रमै ढल हाल्ने क्रम रोकिएको छैन । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई जिम्मेवारी पूरा गर्ने गरी कानूनीरुपमा सक्षम नबनाइएको गुनासो त्यहाँका पदाधिकारीले गर्दै आएका छन् । 

एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको वाग्मती सौन्दर्यीकरणको कार्यक्रम पनि समयमा सकिएको छैन । जग्गा मुआब्जा, नदी किनार कब्जा गर्दै अव्यवस्थित बसोवास गर्नेका कारण वाग्मती सौन्दर्यीकरणको काम समयमा हुन नसकेको हो । नयाँबानेश्वर र सिनामङ्गल क्षेत्रमा रहेका अव्यवस्थित बसोवासीसँग सहमति गरेर नै नदी सौन्दर्यीकरणको काम अघि बढाउन लागिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले बताउनुभयो ।

नागरिकस्तरबाट स्वयंसेवीरुपमा सफाइ जारी रहँदा सरकारी निकाय अधिकार सम्पन्न वाग्मती पनि नदीमा फोहर गर्नेलाई दण्ड, जरिवाना गर्न स्थानीय तहको सहयोग लिएर लाग्नुपर्ने अभियानकर्मीको माग छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया