सर्लाहीका चिनी मिलमा उखु अभाव

 माघ १६, २०७७ शुक्रबार १५:३६:३१ | रासस
unn.prixa.net

फाइल फाेटाे

सर्लाही – सर्लाहीमा रहेका चिनी मिलहरूमा उखुको अभाव भएको छ । चिनी उद्योगहरूबाट समयमा भुक्तानी नपाएपछि उखु खेती गर्ने किसान घटेसँगै मिलहरूमा उखुको अभाव सुरु भएको हो ।

पुष पहिलो हप्ताबाट यस वर्षको उखु क्रसिङ गर्न थालेको एभरेस्ट सुगर मिलले यस बेला मुस्किलले दैनिक १० देखि १२ घण्टासम्म मात्रै उखु क्रसिङ गरिरहेको छ । माघ महिनामा उखु काटेर मिलमा ल्याउनेहरूको भिड हुने र उद्योग २४ सैँ घण्टा चल्ने गरेको भए पनि अहिले मिल परिसरका उखु ल्याउने गाडीको भिड निकै कम छ भने मुस्किलले आधा समयमात्र मिल चलाएको उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासलले बताउनुभयो ।

यस वर्ष मिलले नगद दिएरै उखु खरिद गरिरहेको छ । अघिल्ला वर्षहरूमा उखु मिलमा लैजाँदा पनि तौलने समय नपाउने गरेकोमा अहिले मिलका प्रतिनिधि उखुबारीमै आएर उखु खरिद गर्ने गरेकाे उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताउनुभयो । उहाँका अनुसार सर्लाहीमा उखु खेती ४० प्रतिशतभन्दा धेरै घटेको छ ।

देशभर रहेका १४ उद्योगमध्ये यस वर्ष उखु अभावकै कारण चार वटा चिनी मिल सञ्चालनमा आउन नसकेको नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया