पानी पार्ने प्रणाली भित्रिदैँ : सुदूरपश्चिम र कर्णालीका थोरै ...
पुस २७, २०८१ शनिबार
मकवानपुर – साेमवार (आज) बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेश सभा बैठक स्थगनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रदेश सभा सदस्य आन्दोलित भएका छन् । नेत्री अष्टलक्ष्मी शाक्यसहित प्रदेश सभा सदस्यले प्रदेश सभा भवनको प्राङ्गणमा नाराबाजी गरेका छन् ।
प्रदेश सभा सदस्यले तत्काल प्रदेश सभा बैठक बोलाउन माग गर्दै नाराबाजी गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्नेमा त्यसलाई छल्न खोजिएको दाहाल–नेपाल समूहको आरोप छ ।
नाराबाजीअघि नेकपा दाहाल–नेपाल समूहको संसदीय दलले पत्रकार सम्मेलन गरि बैठक स्थगनको विरोध गरेको थियो । पत्रकार सम्मेलनमा अविश्वास प्रस्तावमा मुख्यमन्त्रीका रूपमा प्रस्तावित शाक्यले सभामुख सानुकुमार श्रेष्ठ सरकारको लाचार छाया बनेको आरोप लगाउनुभयो ।
प्रदेश सभा सदस्य शाक्यले सबै सदस्य बैठकमा भाग लिन हेटौँडा आइसकेपछि राति विद्युतीय सूचना जारी गर्दै बैठक स्थगनको सूचना आउनु विधि र पद्धति विपरीत भएको जनाउँदै सभामुखलाई यस निर्णय फिर्ता लिँदै बैठक राख्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘दलको छलफल विना यसरी बैठक सारिनु गलत छ, सभामुखले तत्काल बैठक आह्वान गर्नुपर्छ ।’ उहाँले बैठक तत्काल बोलाउन पाउने अधिकार सभामुखमा सुरक्षित रहेको जनाउँदै सभामुख सबैको साझा भएकाले सबैसँग छलफल गरेर निर्णय लिनुपर्ने बताउनुभयो ।
निवर्तमानमन्त्री शालिकराम जम्कट्टेलले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत नबसि बैठक स्थगन भएकामा आपत्ति जनाउनुभयो । नेकपा वाग्मती प्रदेश संसदीय दलका उपनेता जम्कट्टेलले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव छलफलका लागि पेस भइसकेकाले तत्काल बैठक राखेर यस प्रक्रिया अगाडि बढाइनुपर्ने बताउनुभयो ।
एक दिनअघि प्रदेश सभाले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गरिएको जनाएको थियो । प्रदेशसभाको अर्को बैठक सभामुख श्रेष्ठले सोमवार अपराह्न २ बजे बस्ने गरि स्थगन गर्नुभएको थियो । प्रदेश सभा सचिव कृष्णहरि खड्काका अनुसार सोमवार बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा आउँदो फागुन ५ गते अपराह्न २ बजेका लागि सरेको छ ।
उपसभामुख राधिका तामाङले भने बैठक स्थगन गर्नेबारे आफूलाई पूर्वजानकारी नभएको बताउनुभयो । बैठक स्थगनको खबरबारे आफू बेखबर रहेको उहाँले पत्रकारलाई जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।