भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाका दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।
आफ्नै घरकाे आँगनमा खेलिरहेका बेला गएकाे मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए ।
बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीवार साँझ ७ः०० भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिनुभयो । बालक प्रियान्सुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएर गए राति नै आमा सङ्गीताकुमारीको जिम्मा लगाएको जनाएको छ ।
बालक बेपत्तालगत्तै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । परिवारजनले बालकको अपहरण भएको आशङ्का गरेका थिए । बालकको घरदेखि फेला परेको ठाउँको दूरी करिब १८ किलोमिटर पर्छ ।
'हाम्रो पहिलो प्राथमिकता बालकलाई सकुशल पत्ता लगाउनु थियो जुन सफल भयो', प्रहरी उपरीक्षक भण्डारीले भन्नुभयो, 'अब घटनाको अनुसन्धान गरी बालकको अपहरण गर्नेको खोजी गर्न केन्द्रीत हुन्छौँ ।' अपहरणकारी जोसुकै भए पनि खोजी गरी कानुनी दायरामा ल्याइने उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।