भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
सुनसरी - हुक गरेर बिजुली चोरेको आरोपमा सुनसरीमा ३५ जना पक्राउ परेका छन् । नेपाल प्रहरी, सशस्त्र र विद्युत कार्यालयका कर्मचारीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ का रामकुमार चौधरी, भोक्राहा नरसिंह गाउँपालिका–७ का विजय यादव, कोशी गाउँपालिका–६ का चन्दन यादव, इनरुवा नगरपालिका–८ का रामचन्द्र मण्डलसहित ३५ जनालाई एकैपटक पक्राउ गरिएको टोलीले जनाएको छ । उनीहरुलाई जनही ११ हजार ८३० रुपैयाँ गरेर कुल तीन लाख ७८ हजार २४० रुपैयाँ जरिवाना तिराइएको नेपाल विद्युत प्राधिकरण इनरुवा शाखाका प्रमुख रामउद्धार साहले जानकारी दिनुभयो ।
'सुनसरीमा विद्युत् चोरी भइरहेको अन्य ठाउँबाट पनि सूचना आइरहेको छ, यसलाई पूर्णरुपमा नियन्त्रण गर्न अभियान चलाएका छौँ, यस अभियानलाई सफल बनाउन विद्युत् चोरी गर्नेका छरछिमेकले पनि सहयोग गर्नुपर्छ' उहाँले भन्नुभयो । गैरकानुनी तरिकाले विद्युत् चोरी गर्दा मानिसको ज्यान पनि जान सक्ने भएकाले यसबाट बच्न र बचाउन अभियान सञ्चालन गर्नु परेको प्रमुख साहको भनाइ छ ।
आफ्ना सेवा क्षेत्रमा विद्युत् चोरी हुन नदिन निकै सतर्कता अपनाए पनि रातिको समयमा हुने चोरीलाई नियन्त्रण गर्न केही समस्या भएको छ । प्रमुख साहले बत्ती बाल्ने र महसुल भुक्तानी नगर्ने उपभोक्ताको पनि सूची तयार गरेर विद्युत् विच्छेद गर्ने योजना बनाएर काम गरिरहेको बताउनुभयो ।
उहाँले यसकार्यअन्तर्गत विद्युत् महसुल नतिर्ने १२२ को लाइन काटिएको बताउनुभयो । लाइन काटिएका ग्राहकबाट अहिलेसम्म कुल ३३ लाख ६६ हजार रुपैयाँ असुलउपर गरेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।