नेपालमा १० अर्ब लगानी गर्ने तयारीमा एनआरएनए

 फागुन १८, २०७७ मंगलबार १५:९:२५ | सन्तोष थापा
unn.prixa.net

पर्वत – प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । विभिन्न बहुउद्देश्यीय लक्ष्य राखेर परियोजना सुुरु हुन लागेको हो । 

सङ्घका अध्यक्ष कुमार पन्तले पर्वतमा आयोजित एक कार्यक्रममा बोल्दै एनआरएनएले नेपाल सरकार, धितोपत्र बोर्डसँगको सहकार्यमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको बताउनुभयो ।

अध्यक्ष पन्तले नेपालमा विशेष गरी पर्यटन व्यवसायसँगै पूर्वाधार, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्ने गरी बहुउद्देश्यीय परियोजना सञ्चालनको चरणमा रहेको बताउनुभयो । उहाँले एक सय ७० भन्दा बढी प्रस्ताव प्राप्त भइसकेको र नेपाल सरकारले समेत थप प्रस्तावहरू राखेपछि रकम सङ्कलन अभियान सञ्चालन गरिने बताउनुभयो । 

पन्तका अनुसार नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने गरी सम्झौता भएको छ । अहिलेसम्म दुई अर्ब २० करोड रुपैयाँ सङ्कलन भइसकेको र अन्य रकम सङ्कलनका लागि प्रवासी नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिने उहाँले बताउनुभयो । 

सङ्घका सल्लाहकार कुल आचार्यले एनआरएनएले २०१२ सालदेखि सामूहिक लगानी भित्र्याउने काम अघि सारेको जानकारी दिँदै अहिले कम्पनीको प्रबन्ध पत्र बनिसकेर अर्थ मन्त्रालयबाट लिखित प्रतिबद्धतासमेत आइसकेको र कम्पनी दर्ता गर्ने चरणमा रहेको बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया