प्रिमियर लिगमा लिभरपुलको दोस्रो जित, क्रिस्टल प्यालेस २–० ले पराजित

 भदौ ५, २०७५ मंगलबार ७:५३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

इङ्लिस प्रिमियर लिगमा लिभरपुलले जितको यात्रालाई कायमै राखेको छ ।

गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई दुई शुन्यले हराउँदै लगातार दोस्रो जित निकाल्यो । लण्डनस्थित सेलहस्र्ट पार्कमा भएको खेलमा लिभरपुलको जितमा साडियो माने र जेम्स मिल्नरले एक एक गोल गरे ।

गएको सिजनमा च्याम्पियन बनेको म्यान्चेस्टर सिटीभन्दा २५ अंकले पछि रहेको लिभरपुलले चिरप्रतिद्धन्द्धी क्रिस्टल प्यालेसविरुद्ध खेलको ४५ औं मिनेटमा अग्रता बनायो । लिभरपुलका मोहम्मद सलाहलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई फिलिप मिल्नरले गोलमा परिणत गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको लिभरपुलविरुद्ध ७५ औं मिनेटमा क्रिस्टल प्यालेस १० खेलाडीमा झर्न पुग्यो । उसका आरोन वान विसाका रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

त्यसपछि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा लिभरपुलले दोस्रो गोल गर्यो । यसपटक उसका लागि साडियो मानेले गोल गर्न सफल भए । क्रिस्टलविरुद्ध मानेले आठ खेलमा छैटौं गोल गर्न सफल भए ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया