कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
इङ्ल्याण्डलाई भारतले ५ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।
पहिलो पारिमा ३ सय २९ रन बनाएको भारतले दोस्रो पारिमा ३ सय ५२ रन बनाएर पारि समाप्त भएको घोषणा गरेको थियो । लगातार दुई टेस्ट गुमाएको भारतले तेस्रो टेस्टमा भने उत्कृष्ट प्रदर्शन गरेको छ ।
पहिलो पारिमा भारतले १ सय ६८ रनको अग्रता बनाएको थियो । पहिलो पारिमा इङ्ल्याण्ड १ सय ६१ रनमा समेटिएको थियो । भारतको दोस्रो पारिमा कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै सतक समेत प्रहार गरेका छन् । कोहलीको टेस्ट क्रिकेटमा यो २३ औं सतक हो ।
यसैगरी हार्दिक पाण्ड्याले नट आउट ५२ रन जोड्दा शिखर धवनले ४४ रन बनाएका थिए । ५ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको इङ्ल्याण्डले २४ रन बनाउँदा तेस्रो दिनको खेल सकिएको थियो ।
अब उसलाई जितका लागि ४ सय ९८ रन आवश्यक छ भने १० विकेट नै सुरक्षित रहेको छ । मंगलबार चौथो दिनको खेल इङ्ल्याण्डका एलेस्टर कुक र कियोटन जेनिङले अगाडि बढाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।