तेक्वान्दाेकी निशा रावल एसियन गेम्सको प्रिक्वार्टरफाइनलबाट बाहिर

 भदौ ५, २०७५ मंगलबार १५:१९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

ओलम्पियन निशा रावल इन्डोनेसियामा जारी एसियन गेम्सको प्रिक्वाटरफाइनलबाट नै बाहिरिएकी छन् ।

पदकको आशा गरिएको तेक्वान्दोमा एकपछि अर्को खेलाडी बाहिरिँदा निशा पनि सुरुवाती चरणबाट नै आउट भइन् ।

६७ केजी माथिको तौल समूहमा निशा चीनकी गाओ पानसँग २२–६ को स्कोरले पराजित भएकाी हुन् । पहिलो राउन्डमा तीन एकले पछि परेकी निशा दोस्रो राउन्डमा ६–३ ले पछाडि परिन् ।

तेस्रो तथा अन्तिम राउन्डमा कमब्याक गर्न लाग्दा उनले आफ्नो लय गुमाउन पुगिन् । फाइनल राउण्डमा चीनकी खेलाडीले १३–२ अंक बटुलिन् जसका कारण निशा २२–६ ले पराजित भइन् ।

महिला ५७ केजी मुनिको गेरोगीतर्फ ज्ञानी चुनारा क्वार्टरफाइनलमा फिलिपिन्सकी पौलिन लोपेजसँग २० – ० अंकले पराजित भइन् ।

यसअघि ज्ञानीले भुटानकी छोदेन किनझांगलाई २८ – ६ अंकले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन् ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया