विराट काेहलीकाे शतकीय पारीसँगै इंग्ल्याण्डविरुद्धको तेस्राे टेस्ट भारतकाे कब्जामा

 भदौ ६, २०७५ बुधबार १६:३३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डविरुद्धको पाँच टेस्ट श्रृंखलामा भारतले पहिलो जित हात पारेको छ ।

लगातार दुई टेस्ट गुमाएको भारतले तेस्रो टेस्टमा २०३ रनको जित निकालेको हो । नटिङह्याममा ५२१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३१७ रनमा ल आउट भएपछि भारतको २०३ रनको जित सम्भव भएको हो । 

पाँचौ दिनको पहिलो सत्रमै भारतका रविचन्द्रन आश्विनले अन्तिम विकेटकारुपमा जेम्स एन्डरसनलाई आउट गरे ।

दोस्रो पारीमा शुरुआती ४ विकेट सस्तैमा गुमाएको इंग्ल्याण्डका लागि जस बट्लर र बेन स्टाेक्सले १६९ रनको साझेदारी गरेका थिए । चौथो दिनको अन्तिम सत्रमा जसप्रित बुमराहले बटलरलाई १०६ रनको स्कोरमा आउट गरे । त्यस्तै स्टाेक्स पनि ६२ रनमा आउट भएपछि इंग्ल्याण्ड हार नजिक पुगेको थियो ।

दोस्रो पारीमा भारतका बुमराहले ५ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा ३२९ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्ड १६१ रनमै अल अाउट भएपछि पहिलो पारीमै भारतले १६८ रनको अग्रता बनाएको थियो । दोस्रो पारीमा कप्तान विराट कोहलीको शतकीय योगदानमा भारतले ७ विकेट गुमाएर ३५२ रन बनाएर इंग्ल्याण्डले ५२१ रनकाे  लक्ष्य दिँदै पारी समाप्तिको घोषणा गरेको थियो ।

तेस्रो टेस्ट भारतले जितेसँगै श्रृंखला २–१ को अवस्थामा आएको छ । चौथो टेस्ट ३० अगस्टदेखि साउथह्याम्पटनमा सुरु हुने छ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया