कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
एशिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले पहिलो अभ्यास खेलमा जित निकालेको छ ।
नेपालले श्रीलंकाको आर्मी टिमलाई ६७ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर चार बलमा एक सय ९४ रनमा अलआउट भयो ।
नियमित कप्तान पारस खड्काविना नै मैदानमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन ।
३० रन हुँदा दुई विकेट गुमाएको नेपालका लागि आरिफ शेखले अविजित ८९ रन बनाए । यस्तै आजको खेलका कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले १२ रन जोडे ।
यस्तै यो पटक टिममा कमब्याक गरेका विनोद भण्डारी १६ रनमा पेभेलियन फर्किए । ९० रन बनाउँदा ७ विकेट गमाएको नेपालका खेलाडीबीच खासै राम्रो साझेदारी हुन सकेन ।
जवाफमा आर्मी टिम ३६ ओभर एक बलमा एक सय २७ रनमा अलआउट भयो । आर्मीका लागि जगथ राजापाक्षले सर्वाधिक ४६ रन बनाए भने लहरी चामाराले २६ र प्रदिप रथनायकेले १८ रनको योगदान गरे । बाँकी खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन् ।
बलिङतर्फ नेपालका सोमपाल कामी र बसन्त रेग्मीले तीन तीन विकेट लिए भने दिपेन्द्र ऐरीले दुई र ललित भण्डारी तथा ललित राजवंशीले एक एक विकेट हात पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।