एसियाली खेलकुद : आशा गरिएको उसु र तेक्वान्दोमा नेपाल पदकविहीन

 भदौ ७, २०७५ बिहीबार १८:२८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

१८औं एसियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो यसपटक पदकविहीन भएको छ । 

नेपालबाट अन्तिम प्रतिस्पर्धीको रुपमा रहेका ज्ञानेन्द्र हमाल र अस्मिता खड्काले बिहीबार पराजय ब्यहारेपछि १८औं एसियाडबाट नेपाली तेक्वान्दो खाली हात घर फर्कने निश्चित भएको हो ।

बिहीबार पुरुषको ६८ केजीमुनि स्पर्धामा नेपालका ज्ञानेन्द्र हमाल प्रि–क्वार्टरफाइनलमा मलेसियाली खेलाडी रोजाइमी रोजालीसँग ३०–२ अंकले पराजित भए । यसअघि आजै भएको पहिलो चरणको खेलमा उनले भुटानका वाङचुक जिग्मेलाई ३९–१७ अंकका आधारमा पराजित गर्दै दोस्रो चरणमा पुगेका थिए ।

यता महिलाको ४९ केजीमूनि तौलसमूहमा नेपाली खेलाडी अस्मिता खड्का पनि प्रि–क्वार्टरफाइनलमै पराजित भइन् । उनी इरानी खेलाडी कियानीचान्दे नाहिदसँग ४३–४ अंकको आधारमा पराजित भइन् । 

इण्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा तेक्वान्दोबाट चार खेलाडी सहभागी थिए । जस अन्तर्गत गेरोगीतर्फ १० र पुम्सेतर्फ ४ खेलाडीको सहभागिता थियो । नेपालका कुनै पनि खेलाडीले पदक जित्न सकेनन् ।

पुरुष ५७ केजीमा सागर गुभाजु, ६२ केजीमूनिमा वीरबहादुर महरा, ६८ केजीमूनिमा ज्ञानेन्द्र हमाल, ७८ केजीमूनिमा भूपेन श्रेष्ठ र ८० केजीमुनिमा अनोज पुजारीले एसियाडमा प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै महिलातर्फ ४९ केजीमूनिमा अस्मिता खड्का, ५३ केजीमूनिमा निमा गुरुङ, ५७ केजीमुनिमा ज्ञानी चुनारा, ५५ केजीमूनि संगीता बस्याल र ७५ केजीमुनिमा निशा रावलले सहभागिता जनाएका थिए । र, पुम्सेतर्फ कमल श्रेष्ठ, पार्वती गुरुङ, सिना मादेन र निता गुरुङ सहभागी थिए ।

नेपालका लागि एसियाली खेलकुदमा सबैभन्दा धेरै पदक जित्ने खेल तेक्वान्दो योसहित तीन एसियाडमा पदकविहीन भएको छ । एसियाली खेलकुदमा नेपालले जितेका २२ मध्ये एकमात्र रजतसहित १४ पदक तेक्वान्दोबाट जितेको छ ।

यो पटकको एसियाली खेलकुदमा उसु र तेक्वान्दोबाट पदकको आशा गरिएको तर यीनै खेलमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । अब बक्सिङ र करातेबाट पदक आउँछ कि भन्ने झिनो आशा मात्रै बाँकी रहेको छ । 

 

याे पनि पढ्नुहाेस्/हेर्नुहाेस्

पारस खड्का

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया