कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
एसिया कप छनोटको तयारी गर्न श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा नेपालले श्रीलंकाको ब्लुमफिल्ड क्लबलाई डकवर्थ लेविस पद्दतिको आधारमा १ सय ७६ रनले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले ।
उनले दिपेन्द्रले ९६ बलमा १ सय २१ रन बनाए । यस्तै सागर पुनले ९२ रनको योगदान गरे भने कप्तान पारस खड्काले २३ करण केसीले २६ र अनिल कुमार शाहले १७ रनको योगदान दिए । ब्लुमफिल्ड लाहिरु सन्जयले २ विकेट लिए ।
नेपालले दिएको ३ सय २४ रनको लक्ष्य पक्ष्याएको घरेलु टोलीले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिएको थियो । खेल रोकिनुअघि ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
ब्लुमफिल्डका लागि सनोज धर्शैकाले ३८, सचीन जयवर्द्धनेले ३० तथा कुसन एकनायके र सेशन फर्नान्डोले समान १६ र १६ रन जोडे । नेपालका सागर पुनले ३ विकेट लिए । त्यस्तै ललित भण्डारीले २ तथा बसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान १ र १ विकेट लिन सफल भए ।
अब अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग आइतबार खेल्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dipak poudel
Aug. 24, 2018, 7:09 p.m.'Thanks' Dipendra Singh airee and alrounder sagar pun for today excellent batting performance. It is continue for Asia cup qualifier. "Congratulations"
Dipak poudel
Aug. 24, 2018, 7:07 p.m.'Thanks' Dipendra Singh airee and alrounder sagar pun for today excellent batting performance. It is continue for Asia cup qualifier. "Congratulations"