कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
जकार्ता – एसियाली खेलकुदको करातेमा एकल कातामा कास्य पदका लागि भएको खेलमा चञ्चला दनुवार पराजित भएकी छिन् ।
रिपेचेज राउण्डमा उनी थाइल्याण्डकी मोन्सिचा तारारात्तानकुलसँग ५–० ले पराजित भएकी हुन् । यो खेल जितेको भएमा चञ्चलाको कास्य पदक पक्का हुने थियो । तर उनले जित्न सकिनन्
चञ्चला पहिलो चरणमा नै मकाउकी खेलाडीसँग ५–० ले पराजित भएकी थिइन् । मकाउकी सोउ सोई लाम फाइनलमा पुगेपछि चञ्चलाले रिपिचेज राउण्डमा प्रतिस्पर्धा गर्ने अवसर पाएक िथिइन् । रिपिचेजको क्वार्टर फाइनलमा उत्तर कोरियाली खेलाडीलाई ३–२ ले पराजित गर्दै चञ्चलाले थाइल्याण्डकी खेलाडीसँगको भेट पक्का गरेकी थिइन् ।
चार वर्षको एसियाली खेलकुदमा नेपालले करातेको कातामा पदक जितेको थियो । तर यो पटक करातेको कातामा नेपाले पदक जित्न सकेन ।
करातको पुरुषतर्फ एकल कातामा पर्शुराम बास्तोला कतारका हसिम अदमसँग ५–० अंकका आधारमा पराजित भए । कतारी खेलाडी क्वार्टर फाइनलमा पराजित भएका कारण पर्शुरामले रिपिचेजको अवसर पाएनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।