आहा रारा गोल्डकपबाट २३ लाख ७६ हजार नाफा

 भदौ ९, २०७५ शनिबार १५:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – १६ औं संस्करणको आहा रारा गोल्डकपबाट पनि झण्डै २४ लाख रुपैयाँ नाफा भएको छ ।

११ दिनसम्म चलेको प्रतियोगिताबाट १ करोड कारोबार गर्दै २३ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको आयोजक सहारा क्लबले जनाएको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आम्दानी र खर्च सार्वजनिक गरिएको हो । मोफसलकै प्रतिष्ठित गोल्डकप आहा रारा गोल्डकपको १६ औं संस्करण अघिल्लो वर्षको माघ ९ देखि २० गतेसम्म चलेको थियो ।

अव्यवस्थित रंगशालामा पनि दर्शकको उल्लेख्य उपस्थिति रहेको क्लबले जनाएको छ । प्रतियोगितामा ७० लाख ६५ हजार रुपैयाँ खर्च भएको छ । रंगशाला अहिले निर्माणका लागि भत्काइएको छ । जसका कारण निरन्तर हुँदै आएको १७ औं संस्करणको आहा रारा गोल्ड कप कहाँ गर्ने भन्ने पनि टुंगिएको छैन ।

१७ औं सस्करणको लागि सहारा क्लब पर्ख र हेरको स्थितिमा रहेको अध्यक्ष केशवबहादुर थापाले बताएका छन् । 
 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया