इंग्लिस प्रिमियर लिग: शनिबार बेलुकी कुन कुन क्लब भिड्दैछन् ?

 भदौ ९, २०७५ शनिबार १७:२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत शनिबार ६ वटा खेल हुँदैछन् ।

नेपाली समय अनुसार साँझ सवा ५ बजे डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले उल्भरह्याम्पटनसँग प्रतिस्पर्धा गर्दै छ । सिटीले लगातार दुई खेल जितेर तालिकामा ६ अंक जोडेको छ भने उल्भरले एक अंक मात्रै जोडेको छ ।

शनिबारकै राति पौने ८ बजे चार खेल हुनेछन् । ती मध्ये एउटामा एएफसी बर्नमाउथ र एभर्टन आमने सामने हुनेछन् । बर्नमाउथले ६ अंक जोड्दा एभर्टनले पनि ४ अंक जोडेको छ ।

अर्काे खेलमा आर्सनल र वेस्टह्याम भिड्ने छन् । आर्सनलले लगातार दुई खेल गुमाएको छ भने, वेस्टह्यामले पनि जित हात पार्न सकेको छैन ।

अर्को खेलमा हडर्सफिल्ड टाउन र कार्डिफ सिटी भिड्नेछन् । हडर्सफिल्डले लगातार दुई खेलमा पराजय व्यहोर्दा कार्डिफले एक खेलमा बारबरी गरेको थियो ।

साउथह्याम्पटन र लेस्टर सिटीको खेल पनि नेपाली समय अनुसार राति पौने ८ बजेनै शुरुहुने छ । लेस्टरले एक खेलमा जित हात पार्दा साउथह्याम्पटनले एक खेलमा बराबरी मात्रै गर्न सकेको छ ।

प्रिमियर लिग अन्तर्गत शनिबारै राति सवा १० बजे लिभरपुर र ब्राइटन भिड्नेछन् । दोस्रो चरणको खेल सकिँदा लिभरपुलले शत प्रतिशत नतिजा निकाल्दै ६ अंक जोडेको छ भने ब्राइटनले एक खेल मात्र जितेको छ ।

प्रिमियर लिगमा अहिलेसम्म ६ वटा टिमले शतप्रतिशत जितको नतिजा निकाल्दा ४ वटा टिमले अंक तालिकामा खातानै खोल्न सकेका छैनन् ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया