आईपीएल क्रिकेटमा हैदराबाद र राजस्थान खेल्दै
बैशाख २०, २०८१ बिहिबार
पर्वत - पर्वतमा बाढीले बगाएको गाडी मोदी खोलामा भेटिएको छ । गाडीसँगै खोलामा बगेका तीन जनाको अवस्था थाहा हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले खोलामा देखिएको गाडी निकाल्ने प्रयास भइरहेको छ । पर्वतको कुश्मा नगरपालिका–८ मा सुन्दरे खोलामा आएको बाढीले गाडीसहित गाडीमा रहेका तीन जनालाई बगाएको थियो।सुन्दरे खोलाबाट बगेको गाडी झण्डै डेढ किलोमिटर तल मोदी खोलामा भेटिएको हो।
खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा रहेका तीन जना बेपत्ता भएका नगरपालिकाका मेयर रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।