धमाधम पशु मर्न थालेपछि चिकित्सकको टोली घरघरमा

 भदौ १७, २०७५ आइतबार १९:३४:३९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी –धमाधम रुपमा पशुहरु मर्न थालेपछि महोत्तरीको सोनमा गाउँपालिकामा पशु चिकित्सकहरुको टोली घरघरमा खटिएको छ ।

पछिल्लो समय सोनमा गाँउपालिका –८, शिवनगरमा ४ वटा पडा धमाधम मर्न थालेपछि सोनमा गाँउपालिकाले पशु चिकित्सकको टोली घरघरमा खटाइएको हो ।

आइतबार बिहानैदेखि त्यस क्षेत्रमा जनप्रतिनिधि सम्मिलित पशु चिकित्सकलाई खटाइएको सोनमा गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले बताउनुभयो । आज पहिलो दिन १६ वटा पशुहरुमा रोग प्रतिरोधात्मक खोप लगाइएको अध्यक्ष यादवले जानकारी दिनुभयो । बाँकी रहेको पशुहरुमा सोमबार खोप लगाइने यादवले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया