सर्लाहीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरमा आज शुक्रवार भएको दाेस्राे खेलमा चितवनले पोखरा राइनोजलाई नाै विकेटले हरायो ।
पोखराले दिएको एक सय २४ रनको लक्ष्य चितवनले १६ ओभर ४ बलमा मात्र एक विकेट गुमाएर भेटायाे । चितवनका लागि मोहम्मद शाहजाद र भीम सार्कीले अर्धशतकीय पारी खेले । शाहजादले ६३ र ५४ रन बनाए । पोखराका विक्रम सोबले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २३ रन बनाएको थियो । पोखराका विवेक यादवले अविजित ५३ रनको अर्धशतकीय पारी खेले । चितवनका शाहब आलम र कमल सिंह ऐरीले समान दुई/दुई विकेट लिए ।
याे जितसँगै चितवन तीन खेलमा ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा तीन अङ्क जाेडेकाे पोखरा चौथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।