ईपीएल क्रिकेट : चितवनले ललितपुरलाई पाँच विकेटले हरायो

 असोज १७, २०७८ आइतबार १७:३३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले ललितपुर प्याट्रियट्सलाई पाँच विकेटले हराएको छ । 

ललितपुरले दिएको एक सय नौ रनको सामान्य लक्ष्य चितवनले १६ बल अगाडि मात्रै पाँच विकेट गुमाएर भेटायो । चितवनको जितमा अफगानी खेलाडी मोहम्मद शहजादले सर्वाधिक ३५ रन बनाए । बलिङतर्फ ललितपुरका अजमुतुल्लाह ओमरजाई र रिजन ढकालले दुई/दुई विकेट लिए । 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले जयकिशन कोल्सावालाको ४२ रनकाे मद्दतमा एक सय आठ रन बनाएको थियो । बलिङतर्फ चितवनका कलम ऐरीले तीन तथा करिम जनत र सागर ढकालले दुई/दुई विकेट लिए । 

आजको जितसँगै चितवन आठ अङ्कसहित शीर्ष स्थानमा छ । ललितपुर भने तीन अङ्कसहित चौथो स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया