सर्लाहीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – पोखरा राइनोज चाैथाे संस्करणकाे एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज बिहीवार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई सात विकेटले हराउँदै पोखरा उपाधि नजिक पुगेकाे हो ।
आज त्रिवि क्रिकेट मैदानमा भैरहवाले दिएको एक सय २० रनको सामान्य लक्ष्य पोखराले मात्रै तीन विकेट गुमाएर आठ बल अगाडि नै भेटायो । पाेखराका लागि शान अराछिगेले अविजित ५३ रन र विपिन रावलले ४० रन बनाए । बलिङतर्फ भैरहवाका भुवन कार्कीले दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर एक सय १९ रन बनायो । उसका लागि शरद भेषवाकरले अविजित ३२ र आरिफ शेखले २७ रन बनाए । बलिङतर्फ शान अराछिगे र किशोर महतोले दुई/दुई विकेट लिए । \
पोखराले अब उपाधिका लागि चितवन टाइगर्ससँग खेल्नेछ । फाइनल खेल पर्सि शनिवार दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने आयाेजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।