भारत श्रीलङ्कासँग बराबरीमा राेकियाे, नेपाललाई फाइदा

 असोज २१, २०७८ बिहीबार १९:७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।

भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो भने ११ वटा प्रहार गरेको थियो । आजको बराबरीसँगै भारतलाई फाइनलमा पुग्न कठिन भएको छ । तर नेपाललाई भने फाइनल पुग्न थप सहज भएको छ ।

दुई खेलमा दुई वटै खेल जितेर नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बङ्गलादेश चार अङ्कसहित दोस्रो र भारत दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

आजै पौने १० बजे बङ्गलादेश र माल्दिभ्स खेल्दैछन् । नेपालले आफ्नो तेस्रो खेलमा आउँदो आइतवार भारतसँग खेल्दैछ । नेपाल अहिलेसम्म साफको फाइनलसम्म पुगेको छैन । यस पटक भने नेपाल फाइनल नजिकै रहेको छ ।  

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया