सर्लाहीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम माल्दिभ्सले बङ्गलादेशलाई २-शून्य गोल अन्तरले पराजित गरेको छ ।
मालेको राष्ट्रिय स्टेडियममा गएराति बङ्गलादेशलाई २–शून्य गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो । माल्दिभ्सको जितमा हाम्जा मोहम्मद र अलि अस्फाकले एक/एक गोल गरे ।
खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २–० को जित दिलाएका हुन् ।
हिजो भएको पहिलो खेलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।