ईपीएल क्रिकेटको उपाधि चितवनलाई, पोखरा उपविजेता

 असोज २३, २०७८ शनिबार १५:५९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो ।

कीर्तिपुर मैदानमा पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो । चितवनका भीम सार्कीले ६३ रनको अर्धशतकीय पारी खेले । दीलिप नाथले १८ तथा राजेश पुलामीले १४ रन जोडे । किशोर महतोले ४ तथा नन्दन यादवले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे ।

चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ तथा सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए । उपाधिसँगै चितवनले ५० लाख तथा उपविजेता पोखराले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
 

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया