नेपालगञ्जमा फुटबल एकेडेमी निर्माण गरिँदै

 भदौ १९, २०७५ मंगलबार ७:२५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी विशालनगर चौक नजिकै फुटबल एकेडेमी निर्माणले गति लिएको छ । 

वडा कार्यालयको सहकार्य र समन्वयमा बाँके जिल्ला फुटबल सङ्घले फुटबल एकेडेमी निर्माण गर्न लागेको हो । भदौं अन्त्यदेखि नै एकेडेमी संचालन गर्ने तयारी गरिएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।

एकेडेमीमा ८–१० वर्ष उमेरका ५००–६०० बालबालिकालाई प्रशिक्षणमा सहभागी गराउने लक्ष्य राखिएको शाहीले बताउनुभयो । एकेडेमी संचालनका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा भोगाधिकारका लागि सङ्घलाई उपलब्ध गराएको छ । 

सोही जग्गामा एन्फा एकेडेमी स्थापना हुनेछ । अखिल नेपाल फुटबल सङ्घले एकेडेमी स्थापनाका लागि तत्काल काम सुरुवात गर्न ५ लाख रुपैयाँ एन्फा बाँकेलाई उपलब्ध गराएको छ । 

यो रकमबाट भोगाधिकारका लागि प्राप्त जग्गा संरक्षणका लागि तारबार गरिने अध्यक्ष शाहीले बताउनुभयो । यसैगरी एन्फाले फुटबललगायतका अन्य खेलकुद सामग्रीसमेत उपलब्ध गराएको छ । 

बाँके जिल्ला फुटबल सङ्घको ध्यान अब फुटबल एकेडेमी निर्माणमा केन्द्रित भएको छ । एकेडेमी स्थलमा पदाधिकारीसहित भेटिएका अध्यक्ष शाहीले भन्नुभयो, ‘केन्द्रबाट पनि निरन्तर सहयोगको आश्वासन पाएका छौं ।’ अध्यक्ष शाहीले तत्काल काम सुरुवात गरि एकेडेमी निर्माण कार्यलाई निरन्तरता दिइने बतउनुभयो ।  
 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया