सर्लाहीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल साफ च्याम्पियनशिपकाे फुटबलकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।
आज बुधवार मालेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेल एक-एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेकाे हाे । याेसँगै नेपालले २८ वर्षकाे पर्खाइ भङ्ग गरेकाे हाे । सन् १९९३ देखि सुरु भएकाे साफ च्याम्पियनशिपमा नेपाल १३ औँ संस्करणमा आइपुग्दा पहिलाे पटक फाइनलमा पुग्याे ।
खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् ।
खेलको ७९ औँ मिनेटमा गाेलकीपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि उनकाे ठाउँमा अशरफुल राना आएका थिए ।
आजकाे जितसँगै नेपाल चार खेलमा सात अङ्कसहित फाइनलमा पुगेकाे हाे । चार खेल खेलेकाे नेपालले दुईमा जित, एकमा हार र एकमा बराबरी खेलेकाे हाे । फाइनलमा पुग्न नेपाललाई आजकाे खेलमा कम्तीमा पनि बराबरीकाे नतिजा चाहिएकाे थियाे ।
आज हारेकाे बङ्गलादेश चार खेलमा पाँच अङ्कसहित प्रतियाेगिताबाटै बाहिरिएकाे छ । अब नेपालले फाइनलमा आज नै हुने अर्काे खेल (भारत र माल्दिभ्स) काे विजेतासँग खेल्नेछ ।
राेहितले गरे विराजकाे बराबरी
यसैबीच आजकाे खेलमा राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । आजकाे खेलमा रोहितले पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गरेका हुन् ।
राेहितकाे यो नेपालको लागि ७३ औँ खेल हो । विराजले पनि नेपालका लागि ७३ खेल खेलेका छन् । विराजले सन्न्यास लिइसकेका हुँदा राेहितलाई उनकाे कीर्तिमानलाई उछिन्ने माैका छ ।
नेपालका लागि धेरै खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलकिपर किरण चेम्जोङको नाममा छ । उनले ७८ खेल खेलिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।