साफ च्याम्पियनसिपको फाइनल खेल आज, नेपाललाई इतिहास रच्ने मौका

 असोज ३०, २०७८ शनिबार ७:११:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा हुनेछ ।

आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । 

नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो । 

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो ।  आजको फाइनल खेल जिते नेपालले इतिहास रच्ने छ । तर, आजको खेल जित्न भने कठिन छ । 

नेपालले आज भारतसँग यस अघिको खेलमा गरेको गल्ती सुधार्नु पर्ने हुन्छ । आजको खेल नेपाललाई भारतसँग बदला लिने अवसर समेत हुनेछ । 

यस अघि समूह चरणको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल जितेर इतिहास रच्ने सुनौलो अवसर खेर जान नदिने बताएका छन् । 

उनले आजको खेल आफूहरुका लागि ठूलो खेल भएको भन्दै ऐतिहासिक लक्ष्य प्राप्तिमा मात्र एक जित टाढा रहेको बताएका छन् । उनले आजको खेलमा समूह चरणमा भारतसँगको खेलमा गरेको गल्ती पनि सुधार्ने बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया