अलमुताइरीलाई मन्त्रीको भरोसा– ‘सरकार तपाईँको साथमा छ, ढुक्क भएर काम गर्नुहोस्’

 कात्तिक १४, २०७८ आइतबार १७:५६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीलाई स्वागत गर्नुभएको छ ।

हिजाे शनिवार नेपाल फर्किएलगतै आज आइतवार सिंहदरबारमा रहेकाे मन्त्रालय पुगेका अलमुतारीलाई मन्त्री गहतराजले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गर्नुभएको हो । 

नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन अलमुतारीले पुर्‍याएकाे योगदान अतुलनीय रहेको भन्दै उहाँले आउँदा दिनमा समेत गोर्खाली स्प्रिटलाई कामय राख्दै काम गर्न आग्रह गर्नुभयो । 

विगतमा केही समस्या देखिए पनि त्यसलाई चिर्दै अलमुतारीलाई फेरि नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री गहतराजले भन्नुभयो, ‘नेपाल सरकार तपाईँको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।’

स्वागतपछि प्रतिक्रिया दिँदै अलमुतारीले नेपाल र नेपालीहरूको मायाले आफू फेरि नेपाल फर्किएको बताए । आजको दिन आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको बताउँदै उनले नेपालले आफूलाई धेरै माया दिएको बताए । 

अब अलमुताइरीले थप तीन वर्ष नेपाली फुटबल टाेलीकाे मुख्य प्रशिक्षकका रूपमा काम गर्ने भएका छन् ।   

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया