सर्लाहीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्ड यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम समेत बनेको छ ।
चार खेल खेलको इंग्ल्याण्ड एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो । सारजहामा गएराति भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो । श्रीलंकाका वाविन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । इंग्ल्याण्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २/२ विकेट लिए । त्यस्तै लियाम लिभिङस्टोन र क्रिस वोक्सले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । इंग्ल्याण्डका जोस बट्लरले अविजित १ सय १ रनको शतकीय पारी खेले । बट्लर अहिले चलिरहेको विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । श्रीलंकाका वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए । समूह एकमा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले ४ खेलमा ८ अंक जोडेको छ । चौथो स्थानमा रहेको श्रीलंकाको ४ खेलमा २ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।