सर्लाहीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा नेपाली टाेलीलाई पहिलो पटक फाइनल पुर्याएका प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ ।
नेपाल फर्किएपछि पहिलो पटक अब्दुल्लाह आज मङ्गलवार आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय र अलमुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो ।
साफ च्याम्पियनशिप अघि नेपाल नफर्किने भन्दै छाडेका प्रशिक्षक अलमुताइरी सहमति भएपछि नेपाल फर्किएका हुन् । आज भएको पत्रकार सम्मेलनमार्फत उनी आउँदाे तीन वर्षको योजनासहित सार्वजनिक भए ।
साफ अघि नेपालमै रहँदा पनि एन्फाका उपाध्यक्षसँगको विवादपछि राजीनामा दिने घोषणा गरेका अबदुल्लाह अलमुताइरी गएकाे हप्ता कतार फुटबलसँगको सम्झौतापछि नेपाल फर्किएका हुन् । नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अबदुल्लाहले नेपाली समर्थक र खेलाडीको मायाले नेपाल फर्किएको बताए ।
अलमुताइरीले प्राप्त गर्ने तलब कतार फुटबल सङ्घले उपलब्ध गराउनेछ । एन्फाले नेपाल बस्ने क्रममा यातायात र सञ्चारका केही रकम दिँदै आएको छ ।
तीन चरणमा काम गर्ने योजना सार्वजनिक गरेका अलमुताइरीले सुरुवाती पहिलो चरणको एसिया कप छनोटका कार्यक्रम मात्र सार्वजनिक गरेका छन् । जसअन्तर्गत राष्ट्रिय टाेलीकाे प्रशिक्षक र मैत्रीपूर्ण फुटबल खेलको तालिका योजनामा रहेका हुन् । यस्तै विश्व कप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।