च्याम्पियन्स लिगमा युनाइटेड र एटलान्टाले बराबरी खेले : युभेन्टस् र चेल्सीको जित

 कात्तिक १७, २०७८ बुधबार १०:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एटलान्टाले बराबरी खेलेका छन् ।

क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युनाइटेड एटलान्टासँग हारबाट जोगिएको हो । जोसिप इलिचीले १२ औँ मिनेटमा गोल गरी एटलान्टालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा रोनाल्डोले गोल गरी बराबरी गरेका थिए । त्यस्तै ५६ औँ मिनेटमा डेनियल जापटाले गोल गरेपछि एटलान्टाले २–१ को अग्रता बनायो । तर दोस्रो हाफको अतिरिक्त समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको हो ।

बराबरीपछि समूह एफमा ७ अङ्कका साथ युनाइटेड शीर्ष स्थानमा छ । त्यस्तै च्याम्पियन्स लिगमा युभेन्टस् विजयी भएको छ । गएराति भएको खेलमा जेनिटलाई ४–२ ले हराउँदै समूह 'ई' मा युभेन्टस् १२ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।

इङ्ग्लिस क्लब चेल्सीले तेस्रो जितका साथ ९ अङ्क जोडेर दोस्रो स्थानमा छ । चेल्सीले माल्मोलाई १–० गोलले हरायो । 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया