साविक विजेता वेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटको समूह चरणबाट बाहिरियो

 कात्तिक १९, २०७८ शुक्रबार ६:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरिएको छ ।

सुपर १२ को समूह एक अन्तर्गत गएराति आबुधाबीमा भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई २० रनले हरायो । श्रीलंकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै १ सय ६९ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् ।

श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २/२ तथा दुसमन्था चमिरा र दासुन सनकाले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

श्रीलंकाका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रन तथा पाथुम निसांकाले ५१ रनको अर्धशतकीय पारी खेले । वेस्ट इन्डिजका आन्द्रे रसेलले दुई तथा ड्वायन ब्राभोले एक विकेट लिए । वेस्ट इन्डिजले चार खेलमा एक खेल जितेको छ । एक खेलमा जित र तीन खेलमा पराजित श्रीलंका पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया